NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

परिचय

संसारमा नेपाल जल उत्पन्न प्रकोपको हिसावले ३०औ स्थानमा छ । धनकुटा जिल्लामा हुने विपदहरु मध्ये पहिरो र बाढी पहिलो स्थानमा छ । जिल्लाको भिरालो भू- धरातल, कमला भू-बनोट, छोटो अवधिमा हुने अधिक मनसूनी वर्षा, महाभारत क्षेत्रमा अव्यवस्थित वसोवास, अन्यन्त्रित बसाई सराई, वन जंगलको बिनास, अवैज्ञानिक एवं परम्परागत खेतीपाती, अनुपयुक्त भू-उपयोग, भू-संरक्षण एवं वातावरणिय संरक्षण सोच बिनाका विकास निर्माण कार्यहरु, जनचेतनाको कमी, जनसंख्याको बढ्दो चाप आदि कारणहरुले गर्दा जिल्लाको अधिकाश क्षेत्र भू-क्षय, बाढी, पहिरो जस्ता जलउत्पन्न प्रकोपहरुले प्रभावित छ । वर्षातको पानीको उचित व्यवस्थापन हुन नसक्दा हरेक वर्ष भू-क्षय, वाढि, पहिरो जस्ता प्रकोपहरु बढ्ने गरेका छन् ।